Friday, April 4, 2008

पुस्तक चर्चा


लाङघाली आवाज भित्रको कुरा
दिलदुःखी जन्तरे
लाङ्घालीको अर्थ के हो मगर भाषामा गाउँले । प्रवासी मगर संघ मलेसियाको मुखपत्र ुलाङ्घाली आवाजु प्रकाशनपछि थाहा पाए अन्य जातिहरुले पनि । लाङ्घाली आवाज भन्नाले गाउँले आवाज ।
क्रमिक रुपमा दोस्रो अंक पनि प्रकाशनमा आएपछि नियाल्नुपर्ने देखियो ुलाङ्घाली आवाजु ।
हप्तामा छ दिन ड्युटी र १ दिन उबि्रएको सन्डे र सार्वजानिक विदाहरुमा भेला भई संगठित हुदै भाषा संस्कृतिको संरक्षण सम्र्बद्धन गर्न तल्निन उदारवादी मगरहरुप्रति सलाम ठोक्दै वर्ष १ अंक २ लाङ्घाली आवाज भित्र छिर्दा यस्तो देखिन्छ ।
मगर भाषाको लिपि अख्खा लिपीको नमुनाबाट पाना पल्टिदै सम्पादकिय र शुभकामना आशिक थापेर शुभारम्भ हुन्छ । पाठक पत्रमा पहिलो अंको टिकाटिप्पणी र मणि राई गोठालको काटर््नले ठाउँ पाएको छ ।
भी।सी। तुलबहादुर पुनको बारेमा बुझनु चाहनेहरुका लागि थप सहयोग मिल्नेछ प्रवासी मगर संघ मलेसियाको आयोजनमा आयोजित ऐतिहासिक दीपावाली साझको गतिविधि बुझ्न सकिन्छ ।
मगरहरुको इतिहास के-कस्तो छ गतिविधि कला संस्कति सम्बन्धी ुमगर भाषाको इतिहास पल्टाउदाु सुन्दर आले ुअध्यक्षको तर्फबाटु खुम राना मगर ुजातिय भषभूषा भाषा र संस्कृतिको संरक्षणु रुवेन पुन मगर ुगोर्खा सैनिकदेखि जनक्रान्ति हुदासम्म घले मगरहरुको बल प्रयोगु यमबहादुर राना ुचाडमध्ये विशेष माघे सक्रान्तिु लोक सारु लाङ्घाली ुमगरहरुको मातृभाषाु खुमबहादुर आले मगर ुमगरहरुलाई किन लेडा भनिन्छु पदम थापा मगरहरुको विचार विर्मस अभिव्यक्ति पढेर थोरबहुत इतिहास बुझ्न सकिन्छ ।
त्यस्तैगरी कथामा ुएउटा असल छापामार डकर्मीु मनि राई गोठाले ुविछोडु दीलदुःखी जन्तरे ुविस्थापित बस्तीु इन्द्र नाराथुङगे ुप्रगतिशिल विचारु साजय राई छुच्चा ुविछोडको पीडाु कुमार राना मगर ुसटिएको नाताु पदम दुःखी सम्बाहाम्फे ुजागितको अवकाश सगैं मृत्युवरणु रमेश केसी घायल ुउद्घाटनु रोजरोवर्ट अजनवी ुउनीसँग गासिएको प्रेमु दीपक बाग्दस ुलण्डनकी डलु इन्द्र जिजीविषा ुनथामिएको आशु दीपक मगर जस्ता कथाकारहरुको कथा समेटिएको छ ।
कविताहरु ुमलेसियाु भिम स्नेही लिम्बु ुउनी को थिइनु दिनेश बान्तावा ुवीर नेपाली हामीु ताकमाया मगर ुकानुङ बोचो इण्डालेु मगरभाषामा सागर थापा मगरका कविताहरु र अन्य थुप्रै कविताहरु रहेको पढन सकिन्छ । व्यङ्ग्य संस्मरण लघुकथा गजल र मगर संघ हङकङको सस्कृतिक टोलीकी अध्यक्ष पूर्णिमा रानासँगको अन्तरवार्ता पनि रहेको छ ।
भन्नैपर्दा लोप हुन लागेको भाषा संस्कृतिको उजागर गर्न तल्लिन मगर लाफाहरुले साहित्यकारहरुको लागि पनि उर्वर भएको लाङघाली आवाज ।
अन्त्यमा मगर भाषाको अख्खा लिपीको नमुना केही नबुझिने गरी छपाई भएकोले पाठकहरुमा समस्या आएइको देखिएकोले त्यसकारण यस्मा बहुत जोड दिनुपर्ने देखिन्छ । प्रुफ मिस्टेकका कारण पढदा अप्ठ्यारो भएपनि प्रवासी पाठकहरुले बुझेर पढिदिनेछन् जस्तो लाग्छ ।

No comments: