Saturday, March 29, 2008

जहाँ नेपालीहरुको छुट्टै संसार छ




जन्तरे÷गाउँले
तस्वीर सुनिल चालिसे÷सुन्दर आले
जलान सिलाङ कोताराया बाट ५ मिनेट दक्षिण हिडे पुगिने चाईना टाउन धेरैको नजरमा टुरिष्ट एरिया भनेर चिनिन्छ । जहाँ घुमन्ते भ्रमणकर्ताहरु धेरै ठोकिने गर्छन । नेपालको ठमेल र केएलको चाइनाटाउनलाई तुलना गरेर पनि हेर्न सकिन्छ ।
हुनपनि केएल घुम्न आई पुगेका घुमन्तेहरुले सस्तो मुल्यमा आकर्षक समानहरु खरिद गर्नलाई चाईन टाउन उपयुक्त बजार हो । यसरी टुरिष्टहरु ठोकीने विदेशी बजारमा हरेक प्रकार सामानहरु पनि पाइन्छन् । धन्दा नमान्नुहोस् हरेक देशका समानहरुको बीचमा नेपाली हस्तकलाका पसल पनि रहेको छ ।
कोही नेपाली झट्ट पुगेभने उनीहरुलाई छुट्याउन गाह्रो पर्छ । त्यसै त मनाङ्गेहरु तिब्बतीमूलसँग नजिक । तिब्बतीयन चाइनिजहरुजस्तै लाग्ने र धेरै ठूलो शानदार पसलबाट स्टलबाट उनीहरुले झुक्किएर नेपाली बोले भने तपाई छक्क नपर्नुहोला । उनीहरु असली नेपालीहरु नै हुन् । जुन १९६० सालदेखि स्थापीत भएर हालसम्म चलिरहेको छ ।
चाईना टाउन मुल गेट प्रवेश गरेपछि देब्रे लाईनको अन्तिम तिर तीनवटा घरमा जम्मा ४० वटा जति स्टलमा बेच्न राखिएको नेपाली हेण्डीक्राफ्टका सामानहरु देखिन्छ । जुन स्टल नेपाली मुलका मनाङ्गेहरुले थापेका हुन । विषेश गरेर पत्थर ढुङ्ग र पत्थर जडित औठी-माला रुद्राक्षमालाजस्ता सामानहरु पाईन्छन् त्यहाँ ।
उक्त जलान सिलाङ कोतारायाको सण्डे भिडमा चाईना टाउन भित्र मनाङेहरुको नेपाली पसल छ ! भनेर सोध्यो भने धेरैले छ भनेर जवाफ दिन सक्दैन । किनकी ती ब्यापारिहरु बहिर चर्चामा आउन त्यति नरुचाउने रहेछन । खै ! उनीहरुको बानी नै बुझ्न सकिएन । मिडियामा र बजारमा चर्चा आए पछि ब्यपार बढ्नु पर्ने हैन र भन्ने प्रश्नमा सोही पसलका एकजना ब्यापारी बताउछन ः- सदाबहार रुपमा बिक्री भै रहेको छ यहाँ भन्दा के चर्चा पाँउ ! भनेर हो । चाहे जे होस मजाले एउटा हलमा पन्ध्र सोह्रवटा पर ब्याक्ति मिलिजुली दोकान थापेर मनाङेहरुले पहिचान बनाई सकेका रहेछन । एउटै छानामुनी एकै किसिमका पसलहरुको स्टललाई उदाहरण दिदै भन्छन् -हामी एकार्कामा भावनात्मक सम्बन्ध राख्छौ । लडाई झगडा कहिले गर्दैनौ । जसरी अन्य नेपाली पसल र रेष्टुरेन्ट साचालकहरुमा चिसोपना बढेको छ तर हामीमा बढ्दैन ।
ती सबै सामानहरु नेपालबाटै आयात गरिएका हुन् । मलेसियामा उत्पादन हुने जुनसुकै वस्तुबाहेक अन्य बस्तुहरु आयात गर्न केही छुट दिएको छ नै त्यहीमाथि नेपालका कला संस्कृति झल्काउने बस्तुहरु ल्याउन त दिने नै भए । पुर् याउनसके र प्रचार गर्न सके नेपालको आम्दानीको श्रोत राम्रो हुनेछ भन्ने आभास पनि दिलाउँछ ।
मनाङ्गेहरुले नै यो पसल थाप्न कसरी सके त भन्ने जिज्ञासामा त्यहाँका पूर्व व्यापारी कर्मा गुरुङ भन्छन् -राजा महेन्द्रले मनाङ्गेहरुलाई विशेष आरक्षण दिएका कारण हामीहरु देश विदेश पुगेका हौ । यसरी धेरै देशहरुमा यस्ता क्यूरियोका सामानहरुको स्टल थापेर मनाङ्गेहरु बसेका छन् । हामीहरु आफ्नो काममा लगनशील हुन्छौ बाहिर प्रचारमा त्यति रुचाउन्नौ ।
तर व्यापारी मध्येकै कर्मा गुरुङ त्यो समूहभन्दा अलग भएर बाहिर आउन सफल भए । उनका साथीहरुले उनलाई बिगि्रएको संज्ञा पनि दिए रे ।
ूमलेभाषा बोल्न आउछ की आउदैन ू भन्ने थप अर्को प्रश्नमा अर्का ब्यापारी भन्छन -ुकिन नआउनु ! भनी फरर भाषा बोलेर सुनाउछन ।
ब्यापार कहिले देखि शुरु भएको हो भन्ने प्रश्नमा यो हाम्रो पुख्र्यौली ब्यपार भएकोले बाबु-बाजेहरुले गरि आएको ब्यपार नै समाति रहेका छौ । यो प्रश्नको सटिक जवाफ दिन सकेनन । कसैले १२ वर्ष कसैले १४ वर्ष भयो हामी आएको मात्र बताए ।
बिना प्रचार प्रसार अनि धेरै नेपालीहरुले नै थाहा नपाएको उक्त बजारलाई अनलाईन तथा छापा मिडियाहरुबाट प्रचारप्रसार गर्न सके धेरै राम्रो हुन्थ्यो । तर कर्मा भन्छन् -म बाहिर आएको छु मलाई पत्रपत्रिका तथा प्रचार प्रसार मन पर्छ । तर मेरा साथीहरुले हल्ला हुनु भनेको विकृति भित्र्याउनु पनि हो भन्ने सोचेका छन् । त्यसैले त्यतातिर नजाऔं ।
व्यापार कस्तो छ अन्तिम प्रश्नमा उनीहरुले हतारिएर भने -पहिले हुन्थ्यो तर अहिले छैन । नक्कली सामान सस्तो आएको छ बजारमा । त्यो भएर हाम्रो असली र महँगोको बजार घटेको छ ।

No comments: