Saturday, March 22, 2008

हाम्रो पुर्खाको पनि चिहान छ कि !


रोजगारीको लागि मलेसियामा धेरै नेपालीहरु भित्रिएकोले के-कस्तो काममा आएका रहेछन् भन्ने खोज गर्दा चिहानको काममा पनि आएका रहेछन् भन्ने पत्ता लाग्यो ।
काम नपुगेर हो वा एजेण्टहरुले झुक्याएर पत्ता लगाउन उत्सुकता जागेर आयो । पंक्तिकारसहित द पृष्ठभूमिको टोली पुगेको थियो । कोतारायाबाट पैदल यात्रा पन्ध्र बीस मिनेटपश्चात पुगिने जलान देवान भाहाषा भन्ने ठाउँमा पुगेपछि देखिन्छ चिहान नै चिहानको बस्ती । चाइनिज मुलको मलसियन नागरिकको मृत्युपश्चातको समाधी स्थल हो यो ।
त्धयलन त्यलन ऋझभलतभचथ ःभलबनझबलत ऋयुउबलथ ले जिम्मा लिई रेखदेख र संरक्षण संम्बद्धन गर्दै आइरहेको छ सन् १८८५ देखि । सोही कम्पनीमा सात जना नेपालीहरु पनि कार्यरत रहेका छन् ।
सोही कम्पनी तारियोङ र सुङघाईवेसीको शाखासहित सात लाख चिहान पुगिसकेको दावी छ । चिहानघारीको वीचमा मन्दिर जस्तै घर छ के रहेछ भनेर बुझ्दा त्यो घरभित्र त्यो बेलादेखि आजसम्मको मृत्यु भएकोहरुको जलाइएको भए खरानी र गाडिएको भए र पछि हड्डी निकालेर घुलो बनाई ज-जस्को हो नाम लेखी बट्टामा राखिएको छ त्यो घरले नआटेर ठूलो विल्डिङ बन्दै रहेछ । हप्ता महिना गरेर मृतकको सम्झनामा पिण्ड चढाई पुजापाठ गर्दा रहेछन् । सालमा एकपल्ट पित्रृपूजा पनि गर्ने रहेछन् । जुन चलन नेपालका तामाङ तथा अन्य जनजातिहरुसँग मिल्छ ।
उक्त चिहानघारीमा केएल शहरको डिजाइनर तथा सो कम्पनीको संस्थापक क्याप्टेन थ्बउ ँयबिष् प्गबिचष्थब को पनि चिहान रहेछ । जसले नै सो स्मारकको शुरुवात गरेको र उनको समेत चिहान भएको हुनाले हप्तैपिच्छे विशेष समाधिमा पिण्ड चढाउने रहेछन् ।
त्यही ठाउमा बि्रटिसहरुले राज्य गरेको वेल बनाइएको बंकर दशपन्ध्र जना आट्न सकिने् रहेछ त्यो बंकर भित्र । बि्रटिससँगै हाम्रा नेपाली पुर्खाहरु मलायमा आएका हुनाले र दोस्रो विश्वयुद्धमा गोर्खा सैनिक धेरै मारिएको र अहिलेसम्म धेरै यकिन हुना नसकेको ले सो चिहानघारीमा हाम्रो पितापुर्खाको पनि चिहान हुनसक्ने सम्भावना छ । त्यो बंकर अहिले पनि छदैछ तर बलात्कारीको अखडा रुपमा प्रयोग गरेको हुनाले त्यसलाई टालिएको रहेछ ।
मलेसियाको व्यस्त नगरी तथा राजधानी नै रहेको क्वालालम्पूरमा उक्त स्मारक चिहानघारी पर्दछ । बजार विस्तार गर्ने क्रममा त्यस स्मारकलाई बाहिर अन्तै सार्ने प्रस्ताव पनि आएको थियो रे तर पूर्खौदेखिको स्मारक रहेकोले उक्त प्रस्तावलाई चाइनिजहरुले रोकेको कुरा त्यहाँका कर्मचारीहरु बताउँछन् ।
यस्तो कम्पनीमा कसरी परियो थाहा थियो आउने वेलामा भन्ने प्रश्न राख्दा सोही कम्पनीमा कार्यरत एक नेपाल बताउँछन् - ुके गर्नु एजेण्टले फसाउनुसम्म फसायो गार्डेन कम्पनी भनेर ढाट्यो । नखाउ भने दिनभरि सिकार खाउ भने कान्छा वाबुको अनुहार भएको छ घर जाउँ त ऋण नै ऋण नजाउ यस्तोमा परियो भनेर विलौना सुनाउछन् ।ु
कस्तो काम गर्नुपर्छ भन्ने प्रश्नमा अर्का नेपाली भन्छन् हाम्रो काम भनेको चिहानमा उमि्रएको झारपात उखेल्ने सफा गर्ने हो तर परिआउदा लाश पनि उठाउनुपर्छ रातभरि पनि रुउन्नु पर्छ नि ।ु डर कत्तिको लाग्छ अन्तिम प्रश्न तेस्र्याउदा सबैले एकै स्वरमा भन्छन-् ुलाग्छनी किन नलाग्नु तर अब त बानी परिसक्यौं के गर्नु सहनु पर्दोरहेछ आइरहेपछि । चिहानकै काम भएपनि ठिकै छ केही थिएन तर चिहानकै वीचमा डेरा राखेकोमा दुःख लागेको बताउछन् ।ु
त्यहाँ हामी द पृष्ठभूमि साप्ताहिक पत्रिकाको टोली गएका थियौं । अन्तिम छुट्ने वेलामा एकै स्वरमा भन्दै थिए तपाइहरु पत्रिकाको मान्छे पर्नु भएछ अरु जे लेखे पनि हाम्रो नाम नलेखि दिनु होला है ।

No comments: